Wednesday, August 10, 2011

kalikafm onlione (listen level)


  • विद्युत् महसुल नतिर्ने सरकारी कार्यालयका लाइन काट्न सुरु
    काठमाडौँ, २५ साउन । नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक विद्युत महसुल नतिर्ने सरकारी कार्यालयहरूमा विद्युत्को लाइन बन्द -काट्न सुरु गरेको छ । सरकारका विभिन्न मन्त्रालय एवम् मन्त्रालयअर्न्तर्गतका विभाग, संस्थान, समितिलगायत कार्यालयहरूबाट २०६८ वैशाख महिनासम्ममा करिब रु ६६ करोड विद्युत् महसुल तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
  • नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्षको कार्यशैली प्रति पत्रकारहरुको असन्तुष्टि
    साउन २५,नवलपरासी– नेपाल पत्रकार महासंघ नवलपरासी शाखाका सभापति होमराज रानाभाटको कार्य शैलि प्रति जिल्लाका पत्रकारहरुले तिब्र असन्तुष्टी व्यक्त गरेकाछन् ।पत्रकार महासंघ वाट हुने विभिन्न कार्यक्रम र महासंघमा आउने पत्रबारे स्वंय महासंघलाई जानकारी नदिई त्यस्ता पत्र आफ्नै खल्तीमा राख्ने र आफ्ना अनुकुलका केहि पत्रकारहरुलाई मात्र लिएर कार्यक्रममा जान थालेपछि पत्रकारहरु सभापति रानाभाट माथि आक्रोशित समेत भएकाछन् ।
  • कालिका कन्ट्रक्सन टेन्डर हाल्नवाट वञ्चित
    चितवन २५ साउन । जिल्ला प्राविधिक कार्यालय चितवनमा सडकको टेन्डर हाल्न पुगेका कालिका कन्ट्रक्सनका कर्मचारीहरुलाई केही उत्छृङ्गखल व्यक्तिहरुले टेन्डर हाल्न वाट वञ्चित गराएका छन् ।
  • वक्यौता नतिर्ने सरकारी कार्यालयमा विद्युत कट्
    नारायण ढुंगाना ,चितवन २५ साउन । चितवनमा पनि नेपाल विद्युत प्राधिकरणले वक्यौता नतिर्ने सरकारी कार्यालयमा विद्युत लाईन काट्न शुरु गरेको छ ।
  • सुनको मूल्यमा केही गिरावट
    काठमाडौँ, २५ साउन । एकहप्तादेखि उकालो लागेको सुनको मूल्यमा आज केही कमी आई प्रतितोला रु ४९ हजार एक सयमा कायम रहेको छ । सो मूल्य मङ्गलबार सबैभन्दा बढी रहन गएको र सो प्रतितोला रु ४९ हजार ४०० पुगेको थियो । मङ्गलबारको तुलनाका आज सुनको मूल्य प्रतितोला ३०० घटेको छ । मङ्गलबार एकैदिनमा सुनको मूल्यमा प्रतितोला १९ सय वृद्धि भएको थियो ।
  • सूचना तथा सञ्चारमन्त्री पोष्टबहादुर बोगटी
    नुवाकोट, २५ साउन । सूचना तथा सञ्चारमन्त्री एवम एकीकृत नेकपा -माओवादीका सचिव पोष्टबहादुर बोगटीले माओवादी जस्तो अन्य दल शान्तिप्रक्रियाप्रति जिम्मेवार नभएकाले समस्या उत्पन्न भएको बताउनुभएको छ । आज विदुरमा एकीकृत नेकपा माओवादी नुवाकोट र रसुवाद्वारा संयुक्तरूपमा उहाँको स्वागत गर्न आयोजित कार्यक्रममा मन्त्री बोगटीले माओवादीलाई मात्रै दोष देखाएर उम्कने प्रवृत्ति अन्य दलहरूमा देखिएको र त्यो उनीहरूकै लागि घातक हुने बताउनुभयो ।
  • ON AIR

    Mix Bag

    Time: :5 - 1:00

  • COMING UP NEXT

    Kalika News Up-Date

    Time: 1:00 - 1:05

  • View A

No comments:

Post a Comment