Sunday, November 17, 2013

निर्वाचनको अबरोध गरे गोली हान्ने सम्मको अधिकार

काठमाडौं । संविधानसभा निर्वाचन सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई सबै मतदान केन्द्रमा सरकारले पुर्‍याएको छ । संविधानसभा निर्वाचन मिति आउन अब दुईदिन मात्र बाँकी रहदा निर्वाचन आयोगले ७५ वटै जिल्लाका १० हजार १७ मतदान केन्द्रमा सुरक्षाकर्मी पुगिसकेको जानकारी गराएको छ ।
गृहमन्त्रालयले जनाए अनुसार सुरक्षाकर्मीका अलावा मतदान अधिकृत र निर्वाचनका लागि खटिएका कर्मचारी पनि तोकिएको केन्द्रमा पुगिसकेको छ ।
एकिकृत सुरक्षा योजना अन्तर्गत सरकारले ६३ हजार नेपाली सेना, ४९ हजार नेपाल प्रहरी, ३२ हजार शसस्त्र प्रहरी र ४५ हजार म्यादी प्रहरीलाई निर्वाचन केन्द्रमा परिचालन गरेको हो । एकिकृत सुरक्षा योजना अन्तर्गत नेपाल प्रहरीले सुरक्षाको प्रमुख जिम्मा पाएको छ । शसस्त्र प्रहरी र नेपाली सेनाले नेपाल प्रहरीसँग समन्वय गरी क्रमश दोश्रो र तेश्रो परिधिमा रहेर सुरक्षाप्रदान गर्नेछन । जसअन्तर्गत नेपाली सेनाले अस्थायी प्रकृतिको क्याम्प बनाएर मतदान केन्द्रको बाहिरी सुरक्षा प्रदान गर्दैछ ।
निर्वाचनमा खटिएका सुरक्षाकर्मीलाई मतदान केन्द्र वरपर हूलदंगा गरेर असमान्य परिस्थिति खडा गरे स्थानीय कमाण्डरबाटै गोली चलाउने सम्मको निर्देशन दिइएको समेत आजको राजधानी दैनिकले लेखेको छ । साथै सुरक्षा, चुनौतीका रुपमा रहेको नेपाल भारत सीमा क्षेत्र पनि शनिबार मध्यरातबाट बन्द गरिएको छ ।
गृहमन्त्रालयलका अनुसार केन्द्रमा खटिएका सुरक्षाकर्मीले सबै मतदान केन्द्रको सुरक्षा अबस्था बारे प्रारम्भिक प्रतिवेदनज जिल्लास्थित निर्वाचन सुरक्षा समितिलाई बुझाइसकेको छ । प्रतिवेदनमा देशैभरको मतदान केन्द्र सुरक्षित रहेको र सुरक्षास्थिति मजबुत रहेको उल्लेख छ ।

No comments:

Post a Comment